एसीसी यु–१६ इस्ट जोन कप: उपाधिका लागि मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं– एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोली मलेसियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। नेपालले टस जितेर मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

समूह ‘ए’ मा रहेको नेपाल समूह चरणका दुवै खेल जितेर समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको नेपाल सेमिफाइनलमा सिंगापुरलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

समूह ‘ए’मा नै रहेको मलेसिया भने समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा हङकङलाई ७८ रनले पराजित गर्दै मलेसियाले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

यसअघि समूह चरणमा भएको खेलमा नेपालले मलेसियामाथि ८४ रनको फराकिलो जित निकालेको छ। अहिलेसम्म अपराजित रहेको नेपाल सोही लयलाई कायम राख्दै प्रतियोगिता जित्ने लक्ष्यमा छ।

मलेसिया पनि घरेलु मैदानमा प्रतियोगिताका जित्ने लक्ष्यमा छ। मलेसियाले अहिलेसम्म नेपालसँग मात्रै पराजय भोगेको छ।

यसपटक पनि उपाधि जिते नेपालले एसीसी यु-१६ इस्टर्नमा ह्याट्रिक गर्नेछ। एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यु–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो। नेपालले सन् २०१७ र २०१९ मा उपाधि जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *