कोशी अस्पतालको मेसुमा ११ औं तहका डा. चन्द्रभाल झा नियुक्त

बिराटनगर, १८ असार २०८०

कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट मा ११ औं तहका डा. चन्द्रभाल झा नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै कोशी अस्पतालको नयाँ मेसुको रुपमा ११औ तहका डा. चन्द्रभाल झालाई नियुक्त गरेका छन् ।

यस अघिका मेसु डा. रबिन राज सिंह १० तहका हुनुहुन्थ्यो। तसर्थ मन्त्रीस्तरीय निर्णय गरि ११ औं तह पठाएको मन्त्रालय स्रोतले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *