परराष्ट्रमन्त्री साउद आज अजरबैजान जाँदै

परराष्ट्रमन्त्री एनपी साउद आज अजरबैजान जाँदैछन्। असंलग्न राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन मन्त्री साउद मंगलबार अजरबैजानको बाकु जान लागेका हुन्।

अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलनः उदीयमान चुनौतीहरूको सामना गर्न एकतावद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उनले असार २० गते सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम छ। उनी असार २३ गते स्वदेश फर्कनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *