‘अदृश्य’ साउन १९ मा

काठमाडौँ — प्रह्लाद काफ्लेको निर्देशनमा बनेको फिल्म ‘अदृश्य’ साउन १९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सोमबार फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

फिल्मको पोस्टरमा अभिनेता प्रमोद अग्रहरी लामो कपाल र दाह्रीमा देखिएका छन् । त्यसका साथै पोस्टरमा सोहित मानन्धर र रिस्ता बस्नेत अटाएका छन् ।

फिल्ममा प्रमोद, सोहित र रिस्तासँगै प्रवीन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सीएम भारद्वाज सुवेदी, विकेश प्रजापति, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रूपेश दाहाल, सलिन बज्राचार्य, अजित रेग्मी, अभिमान सिंह बस्नेतलगायत कलाकारले अभिनय गरेका छन् ।

पीताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्माता मीना बस्नेत हुन् । फिल्मको कथा आकाश उखेडा लेखेका हुन् । उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायांकन गरेको फिल्म बनिश शाहले सम्पादन गरेका हुन् । आरआर फिल्मस्ले ‘अदृश्य’ को वितरणको जिम्मा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *