नर्सहरूलाई बेलायत पठाउने बाटो खुल्यो, एक महिनाभित्र आवेदन खुल्ने

एक महिनाभित्रमा कम्तीमा १०० जना नर्सलाई बेलायत पठाउने गरी अनलाइन मार्फत आवेदन आह्वान गरिने उनको भनाई छ । मन्त्रालयले तयार पारेको प्रोटोकल लामो समयदेखि पारित हुन सकेको थिएन ।

बेलायतमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारीका अवसर दिन ६ भदौ २०७९ मा नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता (एमओयू) भएको थियो ।  सोही आधारमा दुवै देशका अधिकारीहरूले प्रोटोकल तयार पारेका थिए ।

सम्झौता भएको ९ महिनासम्म प्रोटोकल पारित हुने सकेको थिएन । कहिले परराष्ट्र मन्त्रालय, कहिले कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गरिएको प्रोटोकल केही दिन अगाडि बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

प्रोटोकल अनुसार मापदण्ड पुगेका नर्सहरू सर्ट लिस्टमा नाम निकालिनेछ । र अन्तर्वार्ता मार्फत बेलायत जानका लागि छनोट गरिने सहसचिव पोखरेलले बताए ।

स्वास्थ्यकर्मीको छनोटको सम्पूर्ण प्रक्रिया नेपालमा वैदेशिक रोजगार विभागबाट हुनेछ । त्यसको प्रत्यक्ष मनिटरिङ बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर (डीएचएससी) मार्फत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *