माया मेट्रो हस्पिटलमा अत्याधुनिक उपकरण सहित २० बेडको आइसियु संचालन

कैलाली, १९ असार २०८०

कैलालीको धनगढीमा स्थित माया मेट्रो अस्पतालले अत्याधुनिक उपकरण सहित २० बेडको आइसियु सेवा संचालनमा ल्याएको छ ।

अस्पतालले पहिला ७ बेड आइसियुमा उपचार गराउदै आएको र  अहिले बढाएर २० ओटा आइसियुबाट उपचार दिइने अस्पतालका अध्यक्ष धिरेन्द्र साँउदले जानकारी दिनुभयो ।

साउदका अनुसार अस्पतालको सेवालाई समयानुकुल आधुनिकीकरण तथा प्रविधियुक्त बनाई बिरामीहरुले गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु पर्ने आवश्यकता भएकोले २० शैय्याको आइसियु कक्ष देशकै ठुलो आइसियु युनिटमा पर्दछ । जसमा २ वटा Isolation ICU कक्ष पनि उपलब्ध गरेको छ । आईसियुमा जन्मजात शिशु देखि बृद्धलाई प्रयोग हुने १० ओटा भेन्टिलेटर सहितको अत्याधुनिक उपकरण जडित कक्षहरु सँगै सरुवा रोग लागेका बिरामीबाट अन्य बिरामीलाई बचाउन वा सुरक्षित राख्नमा आइसोलेसन आइसियुको भुमिका रहने भएकोले सुदूरपश्चिममै अत्याधुनिक आइसियु युनिट स्थापना गरेको अध्यक्ष साउँदले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *