पहिरोले मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

काठमाडौँ — मुग्लिन-नारायणगढ सडक खण्डको काली खाेला नजिकै शनिबार दिउँसो ४ बजेतिर सुख्खा पहिराे जाँदा सडक अवरुद्ध भएको छ ।

पटकपटक पहिरोका कारण सडक अवरुद्ध भएर केही दिनयता नियमित सञ्चालनमा रहेको उक्त सडक खण्डमा शनिबार फेरि पहिरो गएर सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजनका अनुसार कार्यालयको टोली अवरोध हटाउन घटनास्थलमा जाँदैछ । अब थप पहिरो नखसे पहिरो पन्छाउन ५ घण्टा जति समय लाग्ने पनि सडक डिभिजन भरतपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *