प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची छ।

त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधयेक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

त्यस्तै आजको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची छ।

त्यस प्रस्तावमाथि राप्रपा सांसद ज्ञानबहादुर शाही, नेमकिपाका सांसद र रास्वपाकी सांसदद्वय सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।

आजै कानुनमन्त्री धनराज गुरूङले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *