काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहाबीच भेटवार्ता भएको छ । गृहमन्त्री श्रेष्ठ र मेयर शाहाबीच शनिबार भेटवार्ता भएको गृहमन्त्री श्रेष्ठले जनाएका छन् ।
उक्त भेटमा देश र जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल हुनुका साथै छलफललाई निरन्तरता दिने समझदारी समेत भएको श्रेष्ठले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
‘उहाँको टिमका केही प्रतिभाशाली साथीहरू पनि सहभागी हुनुहुन्थ्यो । छलफललाई निरन्तरता दिने समझदारी बनेको छ’ श्रेठले भने, ‘देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो ।’