वर्षासँगै डेंगु संक्रमणको खतरा बढ्यो

काठमाडौं । वर्षायामसंगै डेंगु संक्रमणको संख्या बढ्न थालेको छ । पछिल्लो दुई महिनामा काठमाडौं उपत्यकामा मात्र ९३ डेंगु संक्रमित भेटिएका छन् । अरु चार महिना डेंगु संक्रमण फैलन सक्ने जोखिम रहेको छ ।

त्यसैले घरवरपर पानी जम्न नदिनु र सरसफाइमा विशेष ध्यान दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आग्रह छ ।

वर्षा सुरुभएसंँगै देशका अधिकांश जिल्लामा अहिले डेंगुु संक्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगु पछिल्लो समय पहाडी जिल्लाहरुमा समेत देखिएको छ ।

डेंगु संक्रमणको जोखिम असार अन्तिम सातादेखि असोज अन्तिम साता सम्म बढि हुने गर्दछ । जसका कारण अबको चार महिना डेंगु संक्रमण उच्च हुने आंकलन गरिएको छ ।

गत वर्ष ५४ हजार ७ सय ८४ जनामा डेंगु संक्रमण देखिएको थियो । गत वर्ष महामारीको रुप लिएको डेंगु संक्रमण यो पटक पनि बढ्न सक्ने जोखिम भएकाले यसको नियन्त्रणका लागि काम भइरहेको सरकारको दाबी छ ।

साथै डेंगु संक्रमण नियन्त्रण गर्न सरकारको भन्दा पनि आम नागरिकको महत्वपूर्ण भूमिका हुने इडिसीडिको भनाई छ ।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण फैलिन्छ । यो लामखुट्टेले एक पटकमा आठ सयदेखि हजारवटा सम्म फुल पार्न सक्छ ।

नेपालमा डेंगु गराउने एडिजको जातको लाम्खुट्टेको सेरोटाइप एक दुई र तीन देखिएका छन् । यदि यो जातको लाम्खुट्टेका फरक फरक सेरोटाइपले टोकेको अवस्थामा स्वास्थ्यमा पर्ने असर जटिल हुने गर्दछ ।

यदि कुनै व्यतिलाई पहिलो पटक सेरोटाइप एक नामक लाम्खुट्टेले टोकेर निको भइ पुनः अर्को सेरोटाइपले टोकेको अवस्थामा स्वास्थ्यमा गम्भिर असर पर्ने चिकित्सक बताउँछन् ।

डेंगु संक्रमणको जोखिम अझै बढि काठमाडौं उपत्यककामा भएको यसका जानकारहरु बताउँछन् । उपत्यकामा पछिल्लो ६ महिनामा ९३ जनामा संक्रमण समेत देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंमा ४६, ललितपुरमा १२ र भक्तपुरमा ३५ जना डेंगुका बिरामी भेटिएका छन् ।

उपत्यकामा डेंगु बढि देखिनुका कारणहरुमा गमला, टायर, फोहोरको थुप्रो, ट्यांकीहरू खुला रहनु, खाल्डाखुल्डीमा पानी जम्नु लगायत मूख्य कारणका रुपमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *