सोमबारदेखि बढी पानी पर्ने सम्भावना

हाल देशमा मानसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार तुलनात्मक रूपमा आगामी सोमबार र मंगलबार बढी वर्षा हुने सम्भावना छ। पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि शनिबार केही मात्रामा कम वर्षा भएको छ। शनिबार राति पनि भारी वर्षाको सम्भावना छैन।

‘सोमबार र मंगलबार बढी वर्षा हुने सम्भावना छ। आइतबार दिउँसो भने विगतका तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ,’ उनले भने।

काठमाडौंमा शनिबार राति हल्का वर्षाको सम्भावना छ भने आइतबार दिउँसो मध्यम वर्षाको अनुमान छ।

आइतबार दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *