दोस्रो खेलमा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दै नेपाल

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा नेपालले सोमबार भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ।

आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’सँग पराजित भएको नेपालले नेपाली समयानुसार सोमबार दिउँसो २ बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा भारतविरुद्ध खेल्दैछ।

प्रतिस्पर्धात्मक खेलमा पाकिस्तानसँग ४ विकेटले पराजित नेपाल भारतलाई हराउने गरी मैदानमा उत्रिँदैछ।

उता भारत भने लगातार दोस्रो जितसहित सेमिफाइनल पुग्ने तयारीमा छ। यता नेपालले अन्तिम चारको यात्राका लागि भारतलाई हराउनै पर्ने चुनौती छ।

नेपालले पहिलो खेल ४ विकेटले पाकिस्तान ‘ए’लाई सुम्पिएको थियो। उता भारत ‘ए’ यूएई ‘ए’ लाई ८ विकेटले पराजित गरेको थियो।

घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको च्याम्पियन नेपाल इमर्जिङ कपमा पुगेको थियो।

भारतपछि नेपालले समूह चरणको अन्तिम खेल बुधबार यूएईविरुद्ध खेल्दैछ।

इमर्जिङ एसिया कप प्रतियोगितामा ६ टिम सहभागी छन्। दुई समूहमा विभाजित टोलीबाट शीर्ष दुईले सेमिफाइनल पक्का गर्नेछन्।

यो प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। जहाँ भारत र पाकिस्तानसँगै यूएई पनि छन्। असार २८ गतेदेखि प्रतियोगिता सुरु भएको हो।

दुई बलिया टोलीसँगको खेलपछि नेपाल र यूएई साउन ३ गते आमनेसामने हुँदै छन्।

अर्को समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *