कांग्रेसको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ : विमलेन्द्र निधि

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्न आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले पार्टीको दृष्टिकोण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरुपको हुनुपर्ने बताए ।

‘यो पाँच वर्षसम्म त गठबन्धन ठिकै छ । पाँच वर्षपछि रुपान्तरणको लागि गठबन्धनको प्रयोग गरेर नेपाली कांग्रेस एक्लैले बहुमत कसरी ल्याउन सक्छ तीनै तहको लागि चुनावको तयारी गरौं,’ उनले भने, ‘पार्टीको संगठन सुदृढीकरण गरौं । बिस्तारित गरौं । त्यस काममा हामी लागौं । प्रदेशहरुको अधिकारलाई सुनिश्चित गरौं ।’

उनले संविधान र कानुनलाई संशोधन गरेर भएपनि प्रदेशहरुको अधिकार सुनिश्चित गर्नुपर्ने बताए । ‘संविधान संशोधन गर्नुपर्छ भने गरौं । कानुनमा संशोधन गर्नुपर्छ भने गरौं । यसका लागि नेपाली कांग्रेसमा आज व्यक्ति र नाम परिवर्तन भन्दापनि दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ,’ उनले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जुन छ, तदानुकुलको दृष्टिकोण परिवर्तनमा लागि हामीले आफूलाई तयार गर्नुपर्छ ।’

उनले अहिलेको लागि गठबन्धन ठिक भएपनि आगामी निर्वाचनमा भने कांग्रेस एक्लैले बहुमत ल्याउनेगरी निर्वाचनको तयारी गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *