नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफुलाई हराउनगि पार्टी भित्रकै मान्छे लागि परेको दाबी गरेका छन् । आइतवार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै नेता चौधरीले निर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउन सबै एक ठाउँमा उभिएर सहयोग गर्नुका साटो कसरी सिध्याउने भनेर लागेका आरोप लगाएका हुन् ।
विरोधीलाई जिताउन पार्टी भित्रकै मान्छेहरू लागि परेको उनको दाबी छ ।
आफ्नै उम्मेदवारलाई हराउन लाग्ने संस्कारको अन्त्य गर्न नसकिए आगमी दिनमा पार्टीलाई अझ असर पर्दै जाने उनले बताए । ‘निर्वाचनको क्रममा टिकट पाउनेवित्तिकै समग्र पार्टी, स्थानीय नेतागण, टिकटका प्रत्यासी सबै पार्टीको संरचना र संस्कार बमोजिम एक ठाउँमा उभिएर सहयोग गर्नुको साटो कसरी सिध्याउने हो भन्नेमा लागेको मेरो अनुभूति भयो,’ उनले भने, ‘धेरैले यस्तो अनुभूति गरेको हुनुपर्छ । निर्वाचनमा हराउने मात्र होइन, विरोधीलाई कसरी जिताउने भन्नेसम्म लागेका प्रत्यक्ष प्रमाणहरू सार्वजनिक छन् । यो गम्भीर समस्या हो । त्यस्ता मानसिकता बोकेका मान्छेहरूलाई पन्छाउनै पर्दछ ।’