नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री मोहन बस्नेतले वर्तमान गठबन्धन भत्किएर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बने के हुन्छ भनेर प्रश्न गरेका छन् ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले आगामी चुनावमा कांग्रेसले गठबन्धन नगरी चुनाव लड्नुपर्ने बताए । ‘गठबन्धन नगर्दा क-कसले चुनाव हार्थे, गफ गरेर हुन्छ । अर्को पटक गठबन्धन नगरौँ भनेर मैले पनि भनिरहेको छु । एक्लै लड्न सक्ने पार्टी बनाऔँ,’ उनले भने । अहिले गठबन्धनको विरोध गर्नुको स्वार्थ रहेको उनले बताए ।
‘गठबन्धनको विरोध गरेर भएको गठबन्धन टुटाएर यसको के स्वार्थ छ । गठबन्धन भत्काउने मेलो हो । गठबन्धन भत्किएर केपी ओलीको नेतृत्वमा सरकार बन्यो भने के हुन्छ ? सबैले आफ्नो ठाउँबाट जित्ने गरी बसौँ,’ उनले भने ।