केन्द्रिय केवाईसी प्रणालीमा जोडिदै राष्ट्रिय परिचयपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले केन्द्रीय ग्राहक पहिचान ‘केवाईसी’ प्रणालीमा राष्ट्रिय परिचयपत्रलाई पनि जोड्ने भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक यो विषयमा घोषणा गरेको हो ।

बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरूबीच ग्राहकको सूचना आदानप्रदान गर्ने कार्यलाई सहज बनाउन लागू गरिएको यो प्रणालीमा राष्ट्रिय परिचयपत्र समेतलाई आबद्ध गर्ने बैंकले जनाएको हो ।

सोही अनुरूप केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने पनि बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *