साढे २ लाख कित्ता सेयर बिक्री गर्दै सानिमा बैंक

काठमाण्डौ- सानिमा बैंकको २ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बैंकको संस्थापक समूहको सेयर लिलामी बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद आवेदन पाउनेछन्। यो सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ।

खरिद आवेदन बैंकको काठमाण्डौको नक्साल नारायणचौरस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।  तोकिएको समयावधिभित्र खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघसंस्था सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *