काठमाडौं । पछिल्लो समय नेपालबाट ठूलो संख्यामा विद्यार्थीहरु बाहिरिने गरेका छन् । १२ कक्षा उत्तीर्णपछि युवा विद्यार्थीहरु मोटो रकम खर्चिएर विदेश जान थालेपछि क्याम्पसहरुमा विद्यार्थी संख्या घट्दै गएको छ ।
ठूलो संख्यामा विद्यार्थीहरु मात्रै विदेशिएका छैनन्, नेपालबाट ठूलो धनराशी पनि बाहिरिएको छ ।
त्यसैले विदेशतर्फ आकर्षित भएका विद्यार्थीहरुलाई रोक्न जरुरी छ । त्यसैले स्वदेशमै शिक्षा, अवसर र चुनौति विषयमा न्यूज २४ टेलिभिजनले शैक्षिक बसह थालनी गरेको छ ।
पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
स्वदेशमा शिक्षासँगै रोजगारीको अवसर प्राप्त नहुँदा विद्यार्थीहरु मोटो रकम खर्चिएर विदेशतर्फ पलायन भइरहेका छन् ।
शिक्षा प्रणाली ब्यवहारिक हुन सक्दा युवापुस्ताले स्वदेशी शिक्षा भन्दा विदेशी शिक्षा रोज्ने गरेका छन् ।
शिक्षासँगै आम्दानी पनि गर्न पाइने भएकाले नै विद्यार्थीहरुको मोह विदेशतिर बढेको हो ।
खासगरी युरोपेली मुलुकमा अध्ययनका लागि विद्यार्थीहरु बाहिरिइरहेका छन् । तर शिक्षा राज्यमन्त्री प्रमिलाकुमारीले भने गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँछिन् ।
कार्यक्रममा सहभागि भएका मध्यपश्मिाञल विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले नेपालको शिक्षा सुधारका लागि सरकारले संघीय शिक्षा ऐन जारी गर्नूपर्नेमा जोड दिए ।
शिक्षा क्षेत्रको सुधारका लागि सरकार स्वयम्ले गम्भीर ढंगले सोच्न जरुरी रहेको उनले बताए ।
नेपालमा लाखौ खर्च गरेर पढाइ प्ु्रा गरेपनि रोजगारीको अवसर नहुँदा विद्यार्थी विदेशिने गरेका छन् । विद्यार्थीलाई शिक्षासँगसँगै रोजगारीको ब्यवस्था गर्न आवश्यक देखिएको शिक्षाविद्हरु बताउँछन् ।
गुणस्तरीय शिक्षाका साथै रोजगारी सृजना समेत गर्नुपर्ने शिक्षाविद्को भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा, शिक्षा सचिव सुरेश अधिकारी, प्याब्सन अध्यक्ष डीके ढुंगाना, नेशनल प्याब्सन सहअध्यक्ष सुभाष न्यौपाने, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोषबहादुर जिसी, शिक्षाविद्हरु, प्राध्यापक, विद्यार्थी नेताहरु लगायतले विदेशतर्फ आकर्षित विद्यार्थीहरुलाई रोक्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।