पाँचथर — पाँचथरको हिलिहाङ-७ सल्लेरीमा टिपर पल्टिँदा मेची राजमार्ग अवरुद्ध भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
जोरपोखरीदेखि फिदिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिपर आइतबार विहान पल्टिएको हो । दुर्घटनामा टिपरका सहचालक संखुवासभा निवासी बिक्रम विश्वकर्मा सख्त घाइते भएका भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले बताए । उनका अनुसार चालक भोजपुर षडानन्द-१३ का रिनछिरिङ तामाङ पनि घाइते भएका छन् ।
ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरु दुवै जनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।