काठमाडौं । आर्थिक वर्ष २०७९/०८० मा साइबर ब्यूरोले करिब छ हजार जनालाई कारबाही गरेको छ । विभिन्न समयमा परेका उजुरीमा अनुसन्धान गर्दै जाँदा विद्युतीय कारोबार ऐन २०६३ आर्कषित हुने पाँच हजार ९०४ ओटा उजुरीमाथि सोही ऐन बमोजिम कारबाही गरिएको हो ।
टेकपानासँग कुरा गर्दै साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपति कुमार रायले उक्त सङ्ख्यामा विद्ययुतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही गरिएको जानकारी दिए ।
“ब्यूरोमा दिनहुँ थेग्नै नसक्ने गरी उजुरी आइरहेका हुन्छन्,” रायले भने, “त्यसमध्ये छ हजार हाराहारी उजुरीमाथि हामीले कारवाही गरेका छौं ।”
विशेषगरी कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने व्यक्तिलाई कारबाही गरिएको उनले जनाए ।
त्यस्तै विद्युतीय माध्यमबाट विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने जस्ता काम गर्ने व्यक्तिहरू पनि कारबाहीमा परेका छन् ।
विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने साइबरजन्य कसूर भएको थाहा पाएमा साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन रायले अनुरोध गरेका छन् ।
Techno rozen I appreciate you sharing this blog post. Thanks Again. Cool.
Nutra Gears This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place
Glue Dream strain Nice post. I learn something totally new and challenging on websites