खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँले घट्यो

काठमाडौं, साउन १७ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपैयाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो जानकारी दिएका हुन् । नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ । हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

3 thoughts on “खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँले घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *