जितको लागि १ सय रनको सामान्य विजयी लक्ष्य पछ्याएको नाइट्सले १४.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नाइट्सको जितमा मोहम्मद रिजवान ५४ बलमा १०चौका र १ छक्कासहित ६८ रनमा आउट भए ।
कोब्रिन बोस २९ बलमा ३ चौकासहित २८ रनमा नटआउट रहे । फखार जमान भने ४ रनमा आउट भए । टाइगर्सका आन्द्रे रसेलले एक विकेट लिए । दीपेन्द्रले बलिङ गर्ने अवसर भने पाएनन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको टाइगर्स १८.३ ओभरमा ९९ रनमा अल आउट भएको थियो । टोलीका लागि सर्वाधिक दोस्रो रन बनाउनेक्रममा दीपेन्द्रले २७ बलमा ३ चौकासहित २४ रन बनाए । उनी जुनैद सिद्दिकको बलमा बोल्ड आउट भएका थिए ।
ओपनर मोहम्मद वासिमले २४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए । जुनैद सिद्दिकले ४ ओभरमा २७ खर्चेर ३ विकेट लिए । कोब्रिन बोसले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए ।
अर्को खेलमा सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सले ब्राम्पटन जागुअर्सलाई ६ विकेटले हरायो । सन्दीप लामिछानेले ३ ओभरमा २५ रन खर्चिदा विकेट लिन सकेनन् । मोन्टरिएल टाइगर्स ७ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । सर्रे ६ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ ।
SocialMediaGirls Nice post. I learn something totally new and challenging on websites
FinTech ZoomUs I truly appreciate your technique of writing a blog. I added it to my bookmark site list and will
NY weekly I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav
Noodlemagazine I just like the helpful information you provide in your articles