काठमाडौं । पब्जीको दक्षिण एसियाली प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ को लिग चरण अन्तर्गत दोस्रो साताको खेलमा डीआरएस गेमिङले राम्रो सुरुवात गरेको छ ।
पहिलो सातामा अङ्क तालिमामा १५औँ स्थानमा रहेको ‘डीआरएस गेमिङ’ दोस्रो साताको दोस्रो दिनको खेल सम्पन्न हुँदा अङ्क तालिकाको तेस्रो स्थानमा रहन सफल भएको हो । पहिलो सातामा अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिम ‘स्काइलाइट गेमिङ’ले आफ्नो लय कायम राखेको छ । ‘स्काइलाइट गेमिङ’ अङ्क तालिकाको चौंथो स्थानमा रहेको छ ।
‘डीआरएस गेमिङ’ र ‘स्काइलाइट गेमिङ’को क्रमश: ६२ र ५७ अङ्क रहेको छ, जसमा दुवै टिमको एकएक चिकेन डिनर समेत समावेश छन् । अङ्क तालिकाको पहिलो र दोस्रो स्थानमा मङ्गोलियन पब्जी टिम ‘हाइभोल्टेज डीसी’ र ‘स्टलवार्ट ई-स्पोर्ट्स’ रहेका छन् । ‘हाइभोल्टेज डीसी’को ८५ र ‘स्टलवार्ट ई-स्पोर्ट्स’को ८१ अङ्क रहेको छ ।
यसबाहेक अन्य दुई नेपाली टिम ‘रअ ई-स्पोर्ट्स’ र ‘टीटूके ई-स्पोर्ट्स’ पनि शीर्ष १० मा रहन सफल भएका छन् । कूल २० टिम सहभागी यो प्रतियोगिता नौ ओटा नेपाली टिमको सहभागीता रहेको छ ।
पीएमपीएल साउथ एसिया फल २०२३ मा आज दोस्रो साताको तेस्रो दिनको खेल हुँदैछ । जसको लाइभ ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट दिउँसाे ४:४५ बाट हेर्न सकिने छ ।
Tech to Trick I appreciate you sharing this blog post. Thanks Again. Cool.
Mating Press This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!
Noodlemagazine For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.
PrimeBiome Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.