काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एक क्वीन्टल सुन तस्करीको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने निर्णय गरेको छ।
प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख (आईजी) वसन्त कुँवर, सीआईबी प्रमुख तथा एआईजी किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानासहितको बिहीबारको बैठकले सुन तस्करीको अबको अनुसन्धान गर्ने जिम्मा सीआईबीले पाएको हो।
गत साउन २ गते भन्सार जाँचपास भएर बाहिरिँदै गरेको करिब एक क्वीन्टल सुनको सम्बन्धमा संगठित कसुरमा अबको अनुसन्धान सीआईबीले गर्नेछ। यो तस्करीको अनुसन्धान गर्ने जिम्मा पाएको सीआईबीकी प्रमुख किरण बज्राचार्यसँग नेपाल लाइभले गरेको संक्षिप्त कुराकानीको अंश:
एक क्वीन्टल सुन तस्करीको जिम्मा तपाईंहरुले पाउनुभएको हो?
हिजो प्रधानमन्त्रीसहितको छलफलमा अबको अनुसन्धान सीआईबीलाई दिने भन्ने कुराकानी भएको हो। हामी अनुसन्धानका लागि तयारी अवस्थामा छौं। अनुसन्धानका लागि आउने औपचारिक पत्रको पखाईमा सीआईबी छ।
अब कसरी बढ्छ अनुसन्धान?
अबको अनुसन्धान हामीले संगठितको कसुरमा बढाउँछौं। संगठित कसुरमा विभिन्न लेअर तथा तहहरु हुन्छन्। यसको अन्तिम बिन्दुसम्म पुगेर सीआईबीले अनुसन्धान गर्छ।
अब तपाईंहरुलाई कति समय हुन्छ अनुसन्धान गर्न?
हामीले संगठितको कसुरमा अनुसन्धान गर्न जम्माजम्मी ६० दिनको समय हुन्छ। त्यसमा राजश्वमा बसेको दिन पनि गणना हुँदा जम्मा जम्मी करिब ४० दिन जति बाँकी होला। त्यसमा पनि सरकारी वकिल कार्यालयले फाइल अध्ययन गर्नुपर्ने हुँदा करिब एक साताअघि नै फाइल बुझाउनुपर्ने बाध्यता हुन्छ। त्यसो गर्दा हामीले अनुसन्धान गर्न पाउने करिब एक महिना जतिको समय होला।
यति छाटो समयमा तस्करको अन्तिम नेक्सससम्म पुग्न सकिन्छ?
हामी पुग्छौं। अझ ६० दिनसम्म अनुसन्धान गर्न पाएको भए झन सहज हुन्थो। अहिले राजश्वले आफ्नो तर्फको काम सकेर हामीलाई जिम्मा लगाएपछिको बाँकी समयमा हामी दिनरात नभनी अुसन्धान गरेर अन्तिम बिन्दुसम्म पुग्छौं।
Sky Scarlet I like the efforts you have put in this, regards for all the great content.
Noodlemagazine Nice post. I learn something totally new and challenging on websites
Hey there You have done a fantastic job I will certainly digg it and personally recommend to my friends Im confident theyll be benefited from this site