काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा यो साता ३६ अंकमाथिको गिरावट आएको छ । अघिल्लो साता ३९ अंकले घटेको नेप्से सूचक थप यो साता ३६.६४ अंकले घट्दै २ हजार ८९.८४ अंकको विन्दुमा झर्न पुगेको हो ।
यो साता ३६ अंकले नेप्से घटेको बजारमा कूल ९ अर्ब ४९ करोड ५२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकिङ समूहतर्फ ३९ करोड ३८ लाख ७२ हजार २८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने यो साता होटल तथा पर्यटन समूहको उपसूचकको कारोबार पनि १० करोड १२ लाख १ हजार ४१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसैगरी विकास बैंक समूहको १४ करोड ८४ लाख ७८ हजार ९०१ रुपैयाँ, फाइनान्स समूहको १७ करोड ८७ लाख ६४ हजार रुपैयाँ, हाइड्रो समूहको २६ करोड ५३ लाख ३ हजार रुपैयाँ र जीवन बीमा र निर्जीवन बीमा समूहको कारोबार क्रमशः १२ करोड ८२ लाख ९८ हजार रुपैयाँ र ९ करोड ९३ लाख १४ हजार रुपैयाँ बराबरको भएको छ ।
यस्तै म्यानु एण्ड प्रो समूहको १४ करोड ५५ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार हुँदैगर्दा यता म्युचुअल फन्डको जम्मा ३८ लाख ९६ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।
मार्केट क्यापिटलाइजेशन ५३ अर्ब २९ करोडले घट्यो
समग्र नेप्से सूचक घट्दै गर्दा यता यो साता पुँजी बजारको मार्केट क्यापिटलाइजेशन समेत ५३ अर्ब माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो साता सेयर बजार मार्केट क्यापिटलाइजेशन ५३ अर्ब २९ करोड १० लाख ३४ हजार रुपैयाँले घट्दै ३० खर्ब ७१ अर्ब ६४ करोड २० लाखमा झरेको छ । अघिल्लो साता यस्तो मार्केट क्यापिटलाइजेशन ३१ खर्ब २४ अर्ब ९३ करोड ४० लाख रुपैयाँ हारहारी रहेको थियो ।
Ny weekly I just like the helpful information you provide in your articles
dodb buzz Pretty! This has been a really wonderful post. Many thanks for providing these details.
Touch to Unlock Nice post. I learn something totally new and challenging on websites
Mountsinai For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.
Noodlemagazine I like the efforts you have put in this, regards for all the great content.