सानिमा बैंकका ग्राहकलाई ‘फुडमाण्डू’मा क्यासब्याक

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डूसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फुडमाण्डूमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम रु. ३०० सम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको क्यासब्याक पाउन सक्नेछन्। ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ताभित्र क्यासब्याक प्राप्त गर्नेछन्।

यो योजना साउन २० देखि माघ २० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुने कम्पनीले जनाएको छ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट मा उपलब्ध छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।

8 thoughts on “सानिमा बैंकका ग्राहकलाई ‘फुडमाण्डू’मा क्यासब्याक

  1. Tech to Force naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

  2. Isla Moon I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

  3. Back Magazin naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *