बेसीशहर नगरपालिकाबाट बसाइँ सर्ने लोगहरूको संख्या मात्रै बढ्दैजाँदैछ। २०७९ साउन देखि २०८० असारसम्म ३८१ जना बसाइँ सरी अन्यत्र जानेको तथ्याङ्क छ। बसाइँ सरेर जानेको संख्या वर्षेणी बढ्दो छ, बजार विस्तार पनि बढेको छ। ग्रामीण भेगबाट पनि बसाइँ सर्ने जना संख्या बढ्दैजाँदैछ। स्थानीयस्तरमा रोजगारी, उच्च शिक्षा, स्वास्थ्य र लगानीका विषयमा प्राथमिकता दिइनुपर्ने नगरप्रमुख गुमनसिंह अर्यालको भनाइ छ। बसिरहेको ठाउँमा अनुकूल हुनु, परिस्थिति फेर्नु र सोच बदल्नु जरुरी छ।