अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरियामा

अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरियाको बान्स्कोमा पुगेको छ।

टोलीमा कम्प्युटेशनल लिङ्गुइस्ट तथा सह-प्राध्यापक बालकृष्ण बल,  काठमाडौं विश्वविद्यालयका ४ विद्यार्थी र २ पर्यवेक्षक सहभागी छन्।

उक्त भाषिक ओलम्पियाड जुलाई २१-२९ सम्म सञ्चालन हुनेछ।

पहिलोपल्ट सन् २०१९ मा दक्षिण कोरियामा भाग लिएको नेपाली टोलीको यो दोस्रो सहभागिता हो।

ओलम्पियाडमा विभिन्न देशका करिब ४० टोली र २०० भन्दा बढीको सहभागिता छ।

नेपालमा राष्ट्रिय भाषिक ओलम्पियाड हिमालयन कम्प्युटेशनल लिङ्गुइस्टिक ओलम्पियाडको ब्यानर र ल्याङ्ग्वेज टेक्नोलोजी केन्द्रको सहकार्यमा हरेक वर्ष सञ्चालन हुँदै आएको छ।

विभिन्न सरकारी तथा गैर-सरकारी संस्थाहरूले सन् २०१७ देखि नै सञ्चालन गर्न सहयोग पुर्‍याइरहेका छन्।

अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाड सन् २००३ देखि सुरू भएको हो।

यस ओलम्पियाडमा माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरूका बीच पजल तथा भाषिक प्याटर्नहरूका समाधान खोज्ने प्रतिस्पर्धा गराइन्छ। प्रतिस्पर्धा दुवै व्यक्तिगत तथा समूहगत प्रकृतिका हुन्छन् र संसारमा बोलिने जुनसुकै भाषाको व्याकरण, शब्द विन्यास आदिसँग जोडिएको हुन्छ। यद्यपि सोधिने प्रश्नका समाधान निकाल्न कुनै पनि खास भाषाको ज्ञान हुन जरूरी भने हुँदैन।

दोस्रो पटक मात्र अन्तर्राष्ट्रिय स्तरको यस्तो ओलम्पियाडमा भाग लिइरहेको नेपालले पनि राम्रो नतिजा ल्याउने प्रशस्त सम्भावना देखिन्छ। यसका लागि उपयुक्त तालिमको वातावरण र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको भने अत्यन्त खाँचो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *