एसइई नतिजा शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्ड अध्यक्ष महाश्रम शर्माले शुक्रबारभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए।

एसइईको नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्।

२०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *