मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद अवरुद्ध हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, असार २० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको बताउनुभएको छ।बुधबार दिउँसो नेकपा (माओवादी केन्द्र) निकट युवा महिलाको भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले एउटा पुस्तक विमोचनको सन्दर्भमा भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीलाई कारबाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूची थियो। कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन। त्यसैले यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ।’’

प्रधानमन्त्री प्रचण्डले आफूहरु सुशासन र भ्रष्टाचार विरुद्धको लडाइँमा रहेको प्रष्ट पार्नुभयो। उहाँले २०८४ मा माओवादी धारा शक्तिशाली बन्नेसमेत बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचार विरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ। विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ। तर अहिले परिस्थिति फेरिएको छ। माओवादी धाराका सबै शक्ति एकतावद्ध हुँदैछौँ। २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *