प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभा बैठक आज बस्दै छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न तीन बजे बस्नगरी बैठक बोलाइएको छ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक, २०८०’ का सम्बन्धमा  राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

सो विधेयक प्रस्तुत गर्न अनुमति  प्रस्तावमाथि सांसदहरू  ज्ञानबहादुर शाही र प्रेम सुवालबाट प्राप्त विरोधका सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची पनि रहेको छ।

आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन्।

त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक,२०८० माथिको दफावार  छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरी विधेयकमाथि  प्राप्त संसोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसपछि उक्त विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसअघि बुधबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधपछि स्थगित भएको थियो।

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका कारण उनले राजीनामा दिनुपर्ने माग राखेर एमालेले सदन अवरूद्ध पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *