बझाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

बझाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार जिल्ला समन्वय समिति बझाङको हलमा एक औपचारिक कार्यक्रम गरि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।

जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिका लाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। Complete khop

जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख नर बहादुर, बिशिस्ट अतिथि जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजाल, अतिथी प्रमुख जिल्ला अधिकारि नारायण पाण्डे, सुरक्षा निकायका प्रमुख , अतिथि स्वास्थ्य निर्देशनालय डाेटिका फोकल पर्सन मीनराज जोशी रहनु भएको थियो।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरेपछि पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जोशीले बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख जोशीले खोप कार्यक्रमको मुख्य लक्ष्य भनेको बालबालिकाहरुलाई रोग लाग्नबाट जोगाउने, अपाङ्गदर तथा मृत्युदर कम गराउने हुनाले खोपको निरन्तरता जरुरी रहेको बताए ।Bhanu joshi

बझाङका १२ वटै पालिकाले पूर्ण खोप घोषणा गरेर जिल्ला खोप समितिलाई बुझाएको तथ्यांकबाट सबै स्थानीय तहले ८० प्रतिशत सूचकांक पूरा गरेको जोशीले जानकारी दिनुभयो। हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ। बिफर उन्मुलन, पोलियो मुक्तको अबस्था, ५ वर्ष मुनिका बालबालिकाहरुको मुत्यदरमा सह्रशताब्दी विकास लक्ष्य हासिल हुनु, नवजात शिशुमा हुने धनुष्टंकारको निवारण, दादुरा रोग निवारण उन्मुलन रहनु तथा जापनिज इन्सेफ्लाईटिस तथा रुबेला रोग नियन्त्रणको अबस्थामा रहनु खोप कार्यक्रमका मुख्य सफलता रहेको छ । जिल्लाका ४ हजार ४ सय १२ जना बालबालिकाले पूर्ण रूपमा खोप पाएका छन।

घोषणा कार्यक्रममा स्वास्थयकर्मी, महिला स्वयंसेवक, नागरिक समाज र पत्रकार लगायतको बाक्लो उपस्तिथि सङै सहभागीरूले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *