एमाले, रास्वपा र राप्रपाप्रति मिटर ब्याज पीडितहरूको आक्रोश

काठमाडौँ । मिटर ब्याजविरुद्धको कानुन पारित गराउन माग गर्दै मिटर ब्याज पीडितहरूले संघीय संसद् भवन घेराउ गरेका छन् । मिटर ब्याज विरुद्धको संघर्ष समिति, नेपालको आयोजनामा पीडितहरू र्‍यालीसहित नयाँ बानेश्वर पुगेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत रास्वपा र राप्रपाले संसद् अवरुद्ध पारेपछि मिटर ब्याजी नियन्त्रणका लागि ल्याइएको अध्यादेश निष्क्रिय बनेको थियो । प्रदर्शनका क्रममा उनीहरूले सामान्तको मतियार बनेको भन्दै तीन पार्टीप्रति आक्रोश व्यक्त गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले सुदखोर महाजनलाई कारबाही गर, चैत १८ गतेको सहमति लागु गर जस्ता नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *