प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले स्पष्टीकरण दिंदै

२५ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरोध गरेको संसद खुलाउन तयार भएपछि बैठक सुरु भएको हो ।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु उठे । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद गोकुल बास्कोटालाई एमालेका तर्फबाट धारणा राख्न समय दिए । त्यसपछि रास्वपा अध्यक्ष रवि लामिछानेले धारणा राखेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोलिसके । अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *