राष्ट्रियसभा बैठक पनि स्थगित

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ।

आज बिहान ११ः० बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको संघीय संसद् सचिवालयले जनाएको छ।

बैठक बिहीबार बिहान ११ः०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

आजै बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पनि पनि स्थगित गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीताको निधनका कारण बैठक स्थगित गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *