कोकाकोला पिउनाले क्यान्सरको हुने जोखिम, प्रत्येक वर्ष २ लाख मानिसको यसकै कारण मृत्यु

कोकाकोला पिउनाले क्यान्सरको खतरा हुने एक अध्ययनले देखाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी जारी गर्दै भनेको छ, ‘कोका–कोलालगायत सफ्ट ड्रिंक्स र खाद्यवस्तुलाई मीठो बनाउन प्रयोग गरिने आर्टिफिसियल स्वीटनर एस्पार्टमले क्यान्सरको जोखिममा बढाउँछ।

जुलाईमा इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर आईएआरसीले क्यान्सरको जोखिम निम्त्याउने वा बढाउन सक्ने तत्वहरूको सूचीमा कोकाको सामेल गरेको थियो। जसले क्यान्सर हुन सक्ने देखाएको थियो।

कोकाकोला, डाइट सोडादेखि मार्स एक्स्ट्रा च्युइङगम र केही अन्य पेय पदार्थहरूमा यस्तो प्रयोग गरिएको थियो।

अनुसन्धान प्रतिवेदनका अनुसार ३५० एमएलको सानो कोल्ड ड्रिङ्कको क्यानमा पनि १० देखि १२ चम्चा चिनीको घोल हुनेगर्छ। अर्कोतर्फ डब्ल्यूएचओको प्रतिवेदनले दिनमा ५–६ चम्चाभन्दा बढी चिनी खानु खतरनाक हुने बताएको छ।

अर्थात् एउटा सानो बोतल कोल्ड ड्रिंक्स पिएपछि दुई–तीन दिनसम्म चिनीको कोटा पूरा हुन्छ। न्यु हार्वर्ड स्कूल अफ पब्लिक हेल्थ एचएसपीएचको एक रिपोर्टअनुसार त्यस्ता पेय पदार्थहरूका कारण प्रत्येक वर्ष लगभग २ लाख मानिसको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *