नयाँ आर्थिक वर्षलाई शेयर बजारको स्वागतः नेप्से उच्च अंकले बढ्दा साढे २ अर्बको कारोबार

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८०/८१ पहिलो दिन आज शेयर बजार उच्च अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.०७ अंकले बढेको हो । २.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१४४.१६ अंकमा उक्लिएको हो ।

आज २५७ कम्पनीका ७६ लाख ३४ हजार १ सय ९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २ सय ८८.७१ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार बढेको दिन तीन कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । बीपीडब्लू लघुवित्त, यूनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.८७ प्रतिशतले नाफा कमाएका हुन् ।

त्यसैगरी कुमारी धनबृद्धि योजनाका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.३७ प्रतिशतले घाटा व्यहोरेका छन् ।

शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड ८६ लाख १९ हजार ४ सय ५५.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन अर्थात गत आर्थिक वर्षको अन्तिम दिन हिजो आइतबार बजार १२.१६ अंकले बढ्दा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५ सय ७२.७७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *