सौर्य गठबन्धनको बैठकमा भाग लिन उर्जामन्त्री आबुधाबी प्रस्थान

संयुक्त अरब ईमिरेट्स (युएई)को राजधानी आबुधाबीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय बैठकमा भाग लिन उर्जामन्त्री शक्तिबहादुर बस्नेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

आज बिहान फ्लाई दुबईको एफजेड ११३४ उडानमा उनी आबुधाबीतर्फ लागेका हुन् । सम्मेलनमा नेपालको तर्फबाट मन्त्री बस्नेतले नेतृत्व गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *