काठमाडौं। चालू आर्थिक वर्षको मौद्रिक नीति आज आइतबार सार्वजनिक हुने सम्भावना छ ।
मौद्रिक नीतिमाथि छलफल गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी छ । सञ्चालक समितिले पारित गरेमा आजै दिउँसोसम्म मौद्रिक नीति जारी हुने सम्भावना छ ।
शेयर बजार र घरजग्गा कारोबारमा नीति खुकुलो हुने सम्भावना छ । यस्तै ब्याजदरको बारेमा पनि सकारात्मक खबर आउने राष्ट्र बैंक स्रोतको दाबी छ