भारतीय प्रधानमन्त्री मोदीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आज बुधवार संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरिने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ विपक्षी गठबन्धन ‘इन्डिया’ले लोकसभामा प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको छ ।

मणिपुरमा भड्किएको हिंसाका विषयमा संसद्मा अधिकतम चर्चा गर्न अविश्वासको प्रस्ताव सहायकसिद्ध हुने विपक्षी दलको विश्वासको छ । विपक्षी दलले मणिपुर घटनामा प्रधानमन्त्रीले जिम्मेवार देखाउने प्रयास थाल्ने भएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउन सांसदहरूको हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ । भारतीय कांग्रेसका नेता अधीर रञ्जन चौधरीले आज अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए ।

विपक्षले अविश्वासको प्रस्ताव दर्ता गरे पनि पारित हुने सम्भावना देखिँदैन । तैपनि अविश्वासको प्रस्तावबाट सरकार तानाशाही भएको सन्देश दिन मात्रै खोजिएको नेता चौधरीेले बताए । ‘जित्नका लागि मात्रै प्रस्ताव ल्याइँदैन,’ उनले भने, ‘प्रस्ताव किन ल्याउनुपर्‍यो भन्ने सवाल प्रमुख हो ।’

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ५० सांसदको हस्ताक्षर चाहिन्छ भने प्रस्ताव पारित हुन ५१% समर्थन चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *