हुलास स्टिलको उत्पादन २५ प्रतिशतले उत्पादन घट्यो

बारा । ७ दशक पुरानो इतिहास बोकेको नेपालको पहिलो जस्तापाता उत्पादन गर्ने हुलास स्टिलको उत्पादन २५ प्रतिशतले घटेको छ । हुलास स्टिलका सञ्चालक हिमान्सु गोल्छाले लगातारको आर्थिक मन्दीका कारण गत आर्थिक वर्षमा २५ प्रतिशतले उत्पादन घटेको जानकारी दिए ।

‘बैंकको व्याजदर बढ्दा अहिले धेरै नै समस्या भएको छ ।  नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयले ऋण लगानी गर्दा अलि खुकुलो नीति लिनुपर्छ,अहिले साना–ठुला सबैखालका उद्योगहरु एकदमै समस्यामा छन्’ गोल्छाले भने,  ‘अर्थतन्त्र चलायमान हुनका लागि बैंकको पैसा चाहिन्छ, सरल रुपमा बैंकहरुले ऋण दिईयो भने अर्थतन्त्र चलायमान हुन्छ । यसका लागि सरकारले लिएको कडा नीतिमा अलिकति खुकुलो बनाईदिनुपर्यो भन्ने हाम्रो माग हो, यसो गर्दा उद्योगलाई राहत मिल्छ ।’

उद्योगले आइतवारदेखि जस्तापाता उत्पादन गर्ने वातावरण मैत्री नयाँ प्लान्ट समेत सञ्चालनमा ल्याएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *